लिपुलेकबारे कांग्रेस बोल्यो, भारतले सडक निर्माण गर्नू आपत्तिजनक

0

काठमाडौँ-कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार साँझ कांग्रेसको धारणा सार्वजनिक गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा आपत्ति प्रकट गरेका हुन्।

कांग्रेसले लिपुलेकमा भारतले गरिरहेको सडक निर्माण गम्भीर भएको भन्दै निर्माण कार्य रोक्न माग गरेको छ । कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको भन्दै सो भूमि नेपालले उपभोग गर्न पाउनुपर्ने बताएको छ।

यस्तै कालापानीबाट भारतीय सेना हट्नुपर्ने भन्दै कांग्रेसले सुगौली सन्धि दुबै देशले स्वीकारेको भन्दै सोही तथ्यमा सीमा विवाद समाधान हुनुपर्ने बताएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अगाडि लिपुलेकमा सडक विस्तारको काम भइरहेको बताएका थिए ।