दार्चुलामा ३ हजार डोज खोप आईपुग्यो, तीन ठाउँबाट लगाउन सुरु

0

दार्चला-दार्चुलामा ३ हजार डोज खोप आपुर्ति भएको छ। सुदुरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति मन्त्रालयबाट दार्चुला लागि शुक्रबार ३ हजार डोज खोप आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।सुदुरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति मन्त्रालयले तत्कालका लागि जोन्सन एण्ड जोन्सन खोप ३ हजार डोज पठाएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जय राज भट्टले बताए।

‘मैले आज भन्दा १५ दिन अगाडी जिल्लामा खोप पठाइदिन माग गरेको थिए बल्ल मिडियामा समाचार आयो तब शुक्रबार आज मात्रै ३ हजार डोज खोप जिल्ला पुगेको छ जनस्वास्थ्य अधिकृत भट्टले भने।”अझै जिल्लामा खोप पुर्ण रुपमा आउन सकेको छैन तैपनि अभाव हुन बाट जोगिएका छौै उनले भने, भयो हिजो सम्म जिल्लामा खोप अभाव थियो आज देखि अब फेरी खोप अभाव छैन खोप लगाउन छुट भएकाहरुले आफुलाई पाइप पर्ने ठाउँमा गएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

हाल जिल्लाको पुलघाट नाका जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा खोप खोप अभियान नियमित संञ्चालनमा रहेकाले खोप लगाउन छुटेका व्यतिmहरुले आफुलाई पायप पर्ने ठाउँमा गएर खोप लगाउन पनि स्वास्थ्य कार्यालय दार्चुलाले आग्रह गरेको छ। अहिलेसम्म जिल्लामा ७७ प्रतिशत नागरिकले मात्रै खोप पाएका छन्।