आगामी चुनावमा कांग्रेस मुख्य प्रतिस्प्रर्धीःअध्यक्ष सुरेन्द्र विष्ट

0

कञ्चनपुर-नेकपा एमाले कञ्चनपुरका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र विष्टले आगामी चुनावमा नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी रहेको बताएका छन्। नवनिर्वाचित जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा शुक्रबार बोल्दै विष्टले कांग्रेससँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले काग्रेस हराउने एमाले बनाउने बताए।

डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवाजस्तै कञ्चनपुरमा एक व्यक्ति कहिल्यै चुनाव हार्दैन भन्ने गरिएको भए पनि एमालेले हराएरै छाड्ने अध्यक्ष विष्टको भनाई छ। ‘देउवाजस्तै कञ्चनपुरमा पनि एक अमुक व्यक्ति कहिल्यै हार्दैन भन्छन् तर हामी हराउँछौं,’ उनले भने, ‘एमालेमा अब माओवादी र कांग्रेसका साथीहरू आउँदैछन्। मेरो कुरा भएको छ।’

निवर्तमान अध्यक्ष वीरबहादुर थापा ‘पातल’को व्यवस्थापन गर्न जरुरी रहेको बताउँदै उनले नेतृत्वमा जाम लगाउन नहुने बताए।कार्यक्रममा निर्वतमान अध्यक्ष बीर बहादुर पातलले चुनाव हारे पनि एमाले नछाड्ने बताएका छन्। निर्वाचन अघि र पछि उठेका विभिन्न सन्देहहरूको खण्डन गर्दै पातलले भने, ‘जे जे गर्ने हो यही बसेर गरिन्छ, बाहिर जाने कल्पना पनि गर्न सकिन्न ।’

चुनावको क्रममा केही मिडियाहरूले आफूविरुद्ध ठूलो प्रहार गरेकोमा उनले आक्रोश व्यक्त गरे।