दोधारा-चाँदनीमा खसी, बाख्रा चोरी गरेको आरोपमा ५ जना पक्राउ

0

कञ्चनपुर-जिल्लाको दोधारा चाँदनी नगरपालिकामा खसी बाख्रा चोरी गरेको आरोपमा एक समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गएराती दोधारा चाँदनी नगरपालिका वडा नं. ७, ८ र ९ वडामा रहेका किसानहरुको घरमा बाँधी राखेको खसी बाख्रालाई मध्यरातमा चोरी गरेको आरोपमा ५ जना स्थानिय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रातीको समयमा दोधारा चाँदनी नगरपालिका वडा नं.७ का हरु भट्ट, वडा नं. ९ का गोकुल थापा र वडा नं.१० निवासी किसान भुपेश बुढाको खोरबाट ३ वटा खसी बाख्रा चोरीएको थियो। बाबाथान प्रहरी चौकीका ईन्चार्ज कृष्णराज भट्ट नेतृत्वको प्रहरी टोली र स्थानियहरुले मध्यरातमा चोरिएको खसी बाख्रालाई नेपाल–भारत सिमा क्षेत्र तथा भारतिय भुमीमा फेला पारेका हुन्।

अनुसन्धानको क्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ८ बस्ने रोशन बडवाल, वडा नं. ६ बस्ने आभाष जैशी, मुस्कान शाही र वडा नं. १० बस्ने अर्जुन सुनारलाई खसी बाख्रा चोरेको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।