बतासको पक्षमा उद्योग वाणिज्य महासंघ

0

काठमाडौं – बतास अर्गनाइजेसनको बचाउमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अघि सरेको छ ।

नारायणहिटी सङ्ग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएपछि बतासको पक्षमा संघले बोलेको हो ।

शुक्रवार (आज) महासंघले बतास अर्गनाइजेनप्रति सञ्चार माध्यमबाट एकतर्फी रूपमा चरित्र हत्या र मान मर्दन भएको भन्दै विज्ञप्ति निकालेको छ ।

‘नारायणहिटी सङ्ग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहार, चरित्र हत्या र मान मर्दनप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघले भनेको छ ।