नगर प्रमुख तथा एमाले कञ्चनपुर अध्यक्ष विष्ट पिडित बस्तीमाः क्षतीपुर्तीका लागि पहल

0

कञ्चनपुर –  कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाको त्रिवेणी टोलमा बस्तीमा हात्तिले आक्रमण गरेको छ ।

बिहिबार राति शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट आएका करिब दुई दर्जन हात्ति बस्ती पसेर आताङ्क मच्चाएको थियो।

भीमदत्त नगरपालिकका नगर प्रमुख सुरेन्द्र विष्टले घटना र पिडितको अवस्थाबारे स्थलगत अनुगमन गरि जानकारी लिएका छन्। उनले शुक्रबार बिहानै त्यहाँ पुगेर पिडितको अवस्था र क्षतीबारे जानकारी लिएका हुन्।

हात्तिले तीन घर भत्काएको छ भने करिब डेढ विघा क्षेत्रफलमा रहेको तरकारी र अन्नबालीमा पनि क्षती पु¥याएको छ। त्यस्तै हात्तिले घर भत्कादाँ च्यापिएर एक जना घाईते भएकी छिन् । अनुगनपछि नगर प्रमुख विष्टले पिडितको अवस्था र क्षतीबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको बताए। उनले क्षतीपुर्तीका लागि निकुञ्जसँग आवश्यक पहल भईरहेको समेत बताए।