निर्वाचन आयोगको कार्यालयमा सर्वदलीय बैठक सुरु

0

काठमाडौं –  निर्वाचन आयोगको कार्यालय कान्तिपथमा सर्वदलीय बैठक सुरु भएको छ । आयोगले स्थानीय तहको आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बोलाएको हो ।


बैठकमा विभिन्न दलको प्रतिनिधित्व गर्दै नेताहरू पुगेका छन् । बैठकमा एमालेको प्रतिनिधित्व गर्दै नेताहरू विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी पुगेका छन् ।

त्यस्तै नेपाली काँग्रेसबाट रमेश लेखकलगायत नेताहरू आयोगमा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) बाट लीलामणि पोखरेललगायतका नेता छन् ।

नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीलगायतका दलबाट भने प्रतिनिधि आउन बाँकी रहेको छ । नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्दै प्रेम सुवाल बैठकमा गएका छन् । नेपाली जनता दलबाट हरिचरण साह, नेपाल सङ्घीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत आयोग पुगेका छन् ।