लागु औषध सहित २ जना पक्राउ

0

कैलाली-धनगढी उपमहानगरपालिकाबाट २ जना लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

धनगढी उप-महानगरपालिका २ स्थित जिल्ला प्रहरी कार्यालय मातहतबाट सादा पोशाकमा खटीएको प्रहरी टोलीले २४ बर्षका सन्त शाह र बर्ष २७ को बसन्त ओलीलाई शंका लागी चेक जाच गर्दा १ ग्राम ६०० मिली ग्राम खैरो हिरोइन फेला पारेको हो।

दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भई प्रहरीले जनाएको छ।