दुई रुपैयाँको नयाँ सिक्का आजदेखि चलनचल्तीमा, दृष्टिविहीनले समेत पहिचान गर्न सक्ने

0
प्रतिकात्मक तस्बिर

काठमाडौं-नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आज शुक्रवारदेखि चलनचल्तीमा ल्याएको छ। साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ।

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन्। माथिल्लो भागमा अङ्ग्रेजीमा ‘आरएस टु’ र तल्लो भागमा देवनागरी लिपिमा दुई रुपैयाँ लेखिएको छ।

यस्तै सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टि दायाँतर्फ दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको छ।