आजको मौसमः देशका विभिन्न ठाउँमा वर्षा र हिमपात

0

काठमाडौं-काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति पानी परेको छ।

वाग्मती, प्रदेश एक, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भएको हो।उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ।

आज दिउँसो पनि प्रदेश एक र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।केही दिनदेखि नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव आजदेखि हट्ने र बिस्तारै मौसम सफा हुँदै जाने मौसमविद्ले बताएका छन्।

प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ।

आज दिउँसो काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा घाम लाग्ने मौसमविद् मञ्जु बासीले जानकारी दिए। उनका अनुसार अहिले तत्कालै कुनै पनि मौसमी प्रणाली भित्रने देखिएको छैन।भोलि भने मौसम सामान्य बद्ली भएर केही ठाउँमा बादल लाग्ने मौसमविद्को अनुमान छ।