स्थानीय तहको शिक्षा योजना लेखन सम्वन्धी कार्यशाला गोष्ठी धनगढीमा सम्पन्न

0

कैलाली-स्थानीय तहको शिक्षा योजना लेखन सम्बन्धी कार्यशाला धनगढीमा बुधबार सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा कैलालीका छ वटा स्थानीय तहका शिक्षा शाखा प्रमुख र योजना निर्माण समितिका सदस्यहरु सहभागी थिए।शिक्षा विकास तथा समन्वय इकाइ कैलाली र राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ कार्यक्रमको संयुक्त आयोजनामा कार्यशाला भएको हो।

स्थानीय तहमा शिक्षा सम्बन्धी योजना निर्माणमा सहयोग पु¥याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ कार्यक्रम कैलालीका संयोजक उषा जोशीले बताइन्।

जानकी, चुरे र मोहन्याल गाउँपालिका तथा लम्की–चुहा, गोदावरी र भजनी नगरपालिकाका शिक्षा शाखा प्रमुख र योजना निर्माण समितिका सदस्य कार्यशालामा सहभागी रहेका संयोजक जोशीले जानकारी दिइन्। यी छ वटै तहले शिक्षा सम्बन्धी योजना निर्माण गरिरहेका छन् ।

जिल्ला विकास तथा समन्वय इकाइ कैलालीका शाखा अधिकृत प्रतापसिंह धामी, गौरीगंगा नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिश पन्त, धनगढी उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख नरेन्द्रबहादुर खाती, घोडाघोडी नगरपालिकाको शिक्षा शाखा प्रमुख उमेशराज रेग्मी, राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ कार्यक्रमका क्षेत्रीय प्रबन्धक रामदास चौधरी, जिल्ला संयोजक जोशी, राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ कार्यक्रमकै स्थानीय तहको क्षमता अभिवृद्धि संयोजक धनसिंह धामीले कार्यशालामा सहजीकरण गरेका थिए।