आजदेखि माघ १५ गतेसम्मका लागि माध्यमिक तहसम्मका सबै विद्यालय बन्द (विज्ञप्तिसहित)

0

 काठमाडौं-सरकारले आज (मंगलवार) देखि माघ १५ गतेसम्मका लागि माध्यमिक तहसम्मका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। 

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि शिक्षा मन्त्रालयले आजदेखि माघ १५ गतेसम्मका लागिमाघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

आइतवार बसेको सिसिएमसीको बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सिसिएमसीको सिफारिसपछि शिक्षा मन्त्रालयको हिजाे बसेको सचिवस्तरीय बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। बैठकपछि हिजै विज्ञप्ति जारी गरेर मन्त्रालयले भोलिबाटै विद्यालय बन्द हुने जानकारी गराएको छ ।