सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाईदै, रातभर किन बस्छन् जागाराम ?

0

कैलाली- सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ। प्रदेशका ९ वटै जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ। पुस १५ गते सबै परिवार, समाज, समुदायका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ।

यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ। आजको दिन यहाँका नागरिक कसैले पनि काम नगर्ने तथा आफ्नो फुर्सद निकाली खानेकुरो कन्दमुख लाने तथा रमाइलो गर्ने चलन छ। गहुँ छरिसकेपछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाका रूपमा हेर्न सकिन्छ पुस महिनालाई।

अछाम घर भई हाल कैलाली बस्दै आएका ६५ बर्षीय हर्ष कुुवँरले भने। ‘माटोमुनि उम्रिने चिज खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति आउने भएकाले आजका दिन प्रायः सबैले खाने चलन छ, आजको दिन यहाँ रमाइलो गरिन्छ।’ पहाडबाट तराई झरेपछि भने विस्तरा छोड्दै गएको उनी बताउँन्छन्।उनका अनुसार आजको दिन यहाँका प्रायः सबै नागरिक घरमा लगाएको र जङ्गलमा पाइने तरुल खनेर उसिनेर खान्छन्।

पुस पन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वका रूपमा पनि लिनइने गरिन्छ। सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतिकका रूपमा लिने चलन छ।घरघरबाट विभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने र बाँडीचुँडी खाने चलनलाई यहाँ पुसे पन्ध्र भन्ने गरिन्छ।

रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने, सुनाउने साथै गीत–सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा हेर्न सकिने भएकाले आजको दिन यहाँ निकै महत्वका साथ हेरिने गरि पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ। माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरेको बुढापाकाहरुको भनाई छ।

आज तरुल खानैपर्ने मान्यताअनुरूप यहाँका शहरबजार क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गदर्छ। पूर्वजका पालाका पौराणिक कथाहरूलाई एक पिँढीबाट अर्को पिँढीमा सम्झिँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै यो पर्व मनाउँदै आइएको छ।