संरक्षणको अभावमा कुरुप जोखर ताल, ताल सफाई अभियान अलपत्र

0

कैलाली- जैविक विविधताले भरिएको धनगढीको पर्यटकीय स्थल जाखोर ताल क्षेत्र संरक्षणको पर्खाईमा रहेको छ।धनगढी उप–महानगरपालिका वडा नम्वर ७ देवरियामा रहेको पर्यटकीय क्षेत्र जाखोर ताल संरक्षणको अभावमा कुरुप बन्दै गईरहेको हो।नगरभित्रै रहेको महत्वर्पूण पर्यटकीय तालको संरक्षण र सम्वद्र्धनमा हुन नसक्दा ताल क्षेत्र बर्षेनी कुरुप बन्दै गईरहेको छ।

केही बर्ष अगाडी धनगढी उपमहानगरपालिकाले जोखर ताल सफाई अभियानको सुरुवात गरेका थियो ।तर सो अभियानले निरन्तरता नपाएपछि अहिले ताल सरसफाई अभियान अलपत्र परेको छ। कैलाली जिल्लाको धनगढी स्थित यो ताल अहिले पर्यटकिय क्षेत्रका रूपमा विकसित बन्दै गइरहेको छ।यो तालको संरक्षण गर्नको लागि स्थानिय सदस्यहरू भएको समिति बनाइएको छ।

यो समितिले तालको रेखदेख गर्ने र संरक्षण प्रदान गर्ने गर्दछ।यो तालको उत्तर दक्षिण तिर शिव मन्दिर रहेको छ जहाँ शिवरात्रीमा मेला लाग्ने गर्दछ।हजारौको संख्यामा मानिसहरू मेला भर्न आउने गर्छन।जाखोर तालको पर्यटन पर्वर्द्धन गर्नको लागि तालको दक्षिण पश्चिममा प्रवेश मार्ग संगै एउटा उद्वान बन्दैछ जहाँ धेरै थरिका फुल र अन्य वनस्पती नमुनाहरू राखिएका छन।वनस्पतिको विविधताका दृष्टिले समेत अति महत्वर्पूण मानिने जाखोर ताल वरिपरिको एक सय हेक्टर क्षेत्रफलमध्ये झण्डै १५ हेक्टर मात्र तालले ओगटेको छ ।

तस्विरमा हेर्नुहोस् :

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.