४८ घण्टाभित्र कसरी सम्भव भयो दुहूँमा सडक मर्मत, ढुवानी र राहत वितरण ?

0

अधिवक्ता कृष्ण महरा

– गत भदौ १३ गत्तेको बाढी-पहिरोपीडितहरुलाई राहत बाड्न भनी पंतिकार काठमाडौंबाट दुहु गएको पनि तेश्रो हप्ता सुरु भैसकेको थियो । दुहूँमा बाढी-पहिरो पीडितहरुलाई राहत वितरण गर्दा सस्थागत-सामुहिक रुपमा राहत संकलन गर्ने व्यक्ति-संस्था र स्थानीय सरकार दुहूँ गाउँपालिकासंग सहकार्य गरेर सकेसम्म सबैले संगै मिलेर राहत वितरण गर्ने योजना थियो । सामुहिक रुपमा सहयोग संकलन गर्दै आउनुभएका साथीहरुले पनि तिहार अगाडी सम्भव नहुने बताएपछि चाँदनी सहिद स्मृति प्रतिष्ठान र सोसल भोलेन्टियर्स ग्रुप दार्चुलाले संगै मिलेर राहत बाड्ने भन्ने एक किसिमको सहमति भएको थियो । सोही अनुरुप प्रतिष्ठानका अध्यक्ष हरक सिंह बडाल ज्यूपनि हामीहरु संग बाढी-पहिरो पीडितहरुसंग भेटघाटमा जानुभएको थियो । बाढीपहिरो पीडितहरुसंग भेटघाट गरिसकेर राहत लिन भनि खलंगा आईसकेपछि थाहा भयो खलंगा दुहु सडक ठाउँ-ठाउँमा अवरुद्द रहेछ । अझ कलोना भिरमा त महाकाली नदीले सडक कटान गरी गाडी पाससमेत हुन नसक्ने गरी सडक भत्किएको पायौं ।

चाँदनी सहिद स्मृति प्रतिष्ठान र सोसल भोलेन्टियर्स ग्रुप दार्चुलाले दुहूँ गाउँपालिकाका बाढी-पहिरो पीडितहरुलाई संगै मिलेर राहत बाड्ने भन्ने विषयमा सुरुमा एक किसिमको सहमति भएपनि पछि सस्थाका केही पदाधिकारीहरु जिल्लाबाहिर रहनुभएको लगायत अन्य विविध कारणले वहाँहरुले निर्णय गर्न ढिलाई गर्नुभयो । हामीले मिलेर राहत बाड्ने विषयमा वहाँहरुले अन्तिम निर्णय दिन नसकेपछि मैले सस्थाका अध्यक्षज्यूलाई संगै वितरण गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय दिन अनुरोध गरेपछि’ अब दिपावली अघि समयपनि जम्मा २ दिन मात्रै छ, दुहूँ जाने रोडको अवस्था पनि राम्रो छैन, दिपावली अगाडी तपाईहरुको पनि सम्भव होला जस्तो लाग्दैन, हाम्रा केही पदाधिकारी पनि बाहिर छन्, हामीहरुले ठ्याक्कै निर्णय गर्न सकेका छैनौं, दिपावलीपछि संगै गर्दा कसो होला, दिपावली अगाडी त हामीले सम्भव देखेनौं, दिपावली पछि गर्ने भए संगै हुने देखियो नभए संगै वितरण गर्नसक्ने स्थिति देखिएनु भन्दै कार्तिक १४ गते बिहान १० बजेतिर प्रतिष्ठानका अध्यक्षज्यूले जानकारी गराउनु भयो ।

चाँदनी सहिद स्मृति प्रतिष्ठानको तर्फबाट उक्त जानकारी पाएपछि सोसल भोलेन्टियर्स ग्रुप दार्चुलाले एक्लै राहत वितरण गर्नुपर्ने कुरा निश्चित भयो । त्यसपछि हामी तिहार अगाडी नै राहत वितरण काम गर्नेगरी काममा खटियौं । सोसल भोलेन्टियर्स ग्रुप दार्चुलाले एकल रुपमा राहत वितरण गर्ने निश्चित भएदेखि हामीसंग राहत वितरण कार्यक्रम सुरु हुन जम्मा ४८ घण्टामात्रै बाँकी थियो । उक्त ४८ घण्टाभित्र सडक मर्मत, राहत ढुवानी र वितरण सम्भव तुल्याउन कस-कसले कसरी सहयोग गर्नुभयो भन्ने कुरा यहाँ उल्लेख गर्न चाहन्छु ।

राहत वितरण सुरु हुने दिनभन्दा केही दिन अगाडीमात्रै मैले दार्चुला दहु-सडक अवरुद्द भएको र सडक मर्मत विना दुहूँका बाढीपहिरो पीडितहरुलाई राहत वितरण असम्भव रहेको कुरा पुर्वमन्त्री माननीय गणेश सिंह ठगुन्नाज्यू, दार्चुलाका जिल्ला समन्वय समिति प्रमुख आदरणीय करबिर बहादुर कार्कीज्यू, जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीज्यूलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखज्यूहरु र दार्चुला टिंकर सडक आयोजनाका आयोजना प्रमुख इन्जिनियर आशुतोषज्यूलाई अवगत गराएको थिए ।

तीन दिनको लगातार बर्षाका कारण गोकुलेश्वर-दार्चुला सडक समेत ठाउँ-ठाउँमा अवरुद्द भएकोले गोकुलेश्वर-दार्चुला सडकखण्ड तिहार अगाडी खुलाउने र दार्चुला-दुहूँ सडक तिहारपछि खुलाए पनि हुने भन्ने कतिपयको बुझाई रहेछ । दुहूँका बाढी-पहिरो पीडितहरुलाई राहत वितरण कार्यक्रम सडक अवरुद्द भएकै कारण असम्भव हुने जानकारी पाउने वितिक्कै दार्चुला सदरमुकाम आईपुग्नु भएका पुर्वमन्त्री एवम् प्रतिनिधिसभा सांसद माननीय गणेश सिंह ठगुन्नाज्यूले उतिबेलै आयोजना प्रमुखलाई फोन गर्दै तुरुन्तै दार्चुला-दुहूँ सडक खोल्न अनुरोध गर्दै त्यसको प्रगतिको बारेमा समेत निरन्तर अपडेट गराउन निर्देशन दिनुभयो ।

दार्चुला दुहु सडक अवरुद्द भएको र त्यसले दुहूँका बाढीपहिरो पीडितहरुलाई राहत बाड्ने काम अवरुद्द भएको जानाकारी पाएका दुहूँकै स्थानीय एवं दार्चुलाका जिल्ला समन्यव समिति प्रमुख करबिर बहादुर कार्कीज्यूले,’दुहूँमा सडक संचालनको जिम्मा म लिन्छु, दार्चुला टिंकर सडक आयोजनामा निवेदन दिने, ठेकेदार खोज्ने, आयोजना प्रमुख लगायत अन्य प्राविधिकहरुलाई अनुरोध गर्ने, आवश्यक निर्देशन दिने र राहत वितरणस्थलसम्म सडक क्लियर गराउन मेरो तर्फबाट हुने सम्पूर्ण सहयोग म गर्छु, तपाई अरु कामतिर लाग्नुस्, सडकको चिन्ता नलिनुस्’, भनेपछि म एक किसिमले ढुक्क नै भए ।

सदरमुकाम खलंगाबाट घण्टौ हिडेर दुहूँका आम बाढी-पहिरो पीडितहरुको उद्दारमा निकै खट्नुभई आम दुहूँबासीहरुको पीडालाई नजिकबाट बुझ्नुभएका जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीज्यूले’सडक खुलाउन सबै उपाय अपनाउने र सडक सुचारु गर्न असम्भव देखिए वैकल्पिक माध्यमबाट समेत राहत सामाग्री ढुवानी गरिदिनेु प्रतिबद्धता व्यक्त गर्दै जिल्लास्थित विपद व्यवस्थापन टिमलाई तयार रहन निर्देशनसहित जिल्लास्थित विपद व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाउनुभयो ।’सडक अवरुद्द भएकै कारण दुहूँका बाढीपीडितहरुलाई राहत पाउनबाट बन्चित हुनदिन्नौ’ भन्ने वहाँको प्रतिबद्दताताले हामीलाई अझ सजिलो भयो ।

बाढी आएकै दिनदेखि हवाई तथा स्थल उद्दार, राहत र व्यवस्थापनमा निकै खट्नुभएका दार्चुलास्थित जिल्ला विपद व्यवस्थापन समिति सदस्य एवम् नेपाली सेना गुरु गोरख गुल्मका गुल्मपति मेजर कृष्ण ठकुल्लाज्यूले दुहूँमा राहत वितरणका लागि तपाईहरुलाई आवश्यक जुनसुकै सहयोग गर्न नेपाली सेना तत्पर रहेको, हवाई सेवा आवश्यक परेपनि नेपाली सेना तयार रहेको प्रतिवद्दताले हामीलाई निश्चिन्त तुल्यायो ।

बाढी-पहिरो पीडितहरुको उद्दार र व्यवस्थापनमा अहोरात्र खटिनुभएका दार्चुलास्थित सशस्त्र प्रहरी बल नेपाल गण न ४४ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एस.पि.) नरेन्द्र बहादुर बम ज्यू र ऐ. गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डि.एस.पि.) बीर सिंह धामीज्यूले दार्चुला दुहूँ अवरुद्द सडक मर्मतका लागि केही समय लाग्ने देखिएपनि दुहूँको राहत सामाग्री सशस्त्र प्रहरीले बोकेर राहत वितरणस्थलसम्म पुर्याईदिन तयार रहेकोले चिन्ता नलिन गर्नुभएको आग्रह अविस्मरणीय छ ।

दुहूँबासी लगायत सम्पूर्ण दार्चुलाबासीहरुलाई बाढी.पहिरोको पुर्व सूचना दिने देखि पीडितहरुको उद्दार र व्यवस्थापनमा सदैब खट्नुभएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डि.एस.पि.) मनोहरप्रसाद भट्टज्यूले राहत सामग्री ढुवानीका लागि प्रहरी परिचालन गरेर भएपनि वितरणस्थलसम्म पुर्याईदिने प्रतिबद्धता र राहत सामाग्री ढुवानी गर्दैगर्दा सदरमुकामदेखि राहत वितरणस्थलसम्म स्कर्टिंग र रातभर सुरक्षाको लागि गरिदिनुभएको सहयोग र सहजीकरणको जति प्रसंशा गरेपनि कम हुन्छ ।

अवरुद्द सडक खुलाउन काम सुरु गरेको ४८ घण्टाभित्रै खुलाउन निकै सहयोग गर्नुहुने दार्चुला टिंकर सडक आयोजनाका प्रमुख इन्जिनियर आशुतोष कर्ण सर लगायत अन्य अन्य प्राविधिकहरु, दार्चुला खलंगादेखि सडक मर्मत मात्रै नभई राहत सामाग्री बोकेर गई बीचबाटोमा फसेका ट्रयाक्टरहरुलाई मेसिनले तानेर राहत वितरणस्थल दुहूँ- गरमोरासम्मै सकुसल पुर्याई सहयोग गर्नुहुने निर्माण व्यवसायी अकबर सिंह सामन्त लगायत अन्य कामदारहरुको निरन्तरको खटनबिना सडक मर्मत सम्भव थिएन।

यसरी दार्चुला-दुहूँ सडक अवरुद्द हुँदा रोकिएको राहत वितरण सोसल भोलेन्टियर्स ग्रुप दार्चुलाले एकल रुपमा वितरण गर्ने निर्णय गरेको ४८ घण्टामै सडक खुलाई ढुवानी र वितरणसमेत सम्भव तुल्याई आम दुहूँबासीहरुलाई राहत वितरण गरेर मात्रै कार्यक्षेत्र फर्किने मेरो योजना सफल पार्न प्रत्यक्ष र परोक्ष रुपमा साथ् दिनुहुने सबैप्रति नतमस्तक छुँ।

लेखक महरा दुहूँमा राहत वितरण गरी फर्किएकोसंस्था सोसल भोलेन्टियर्स ग्रुप दार्चुलाका अध्यक्ष हुन्।