प्रहरीलाई घूस दिन खोज्ने स्कुटी चालक पक्राउ

0

सुनसरी- ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाउने एकजनालाई प्रहरीले बुपक्राउ गरेको छ।हेलमेटविनै हिँडिरहेकालाई पक्राउ गर्दा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ दिन खोजेको आरोपमा बेलका नगरपालिका ५ का प्रेमकुमार राईलाई पक्राउ गरेको हो। प्रदेश १–०२–०४२ प ८४२४ नम्बरको स्कुटी पनि नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी ट्राफिक प्रहरी पोष्ट रामपुर बेलकाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभन देखाएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए।

स्कुटीमा तीनजना सवार साथै हेलमेटसमेन नलगाई हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।