दुर्लभ सानो खैरो गिद्धको विदेशी टोलीद्वारा शुक्लाफाँटामा अध्ययन

0

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको वरपरको क्षेत्रमा विश्वमै दुर्लभ रहेको सानो खैरो गिद्धको अध्ययन गरिएको छ। शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी टोलीले दुई दिन गिद्धको अध्ययन गरेको हो।

सानो खैरो गिद्धको बासस्थान, आहारा र संख्याबारे अनुसन्धान गर्न जर्मनीका ट्रोस्टेन प्रोहेल र क्याट्रिन प्रोहेलसहित चितवन राष्ट्रिय निकुञ्ज सौराहका नेचर गाइड नारायण महतोको टोली शुक्लाफाटा आएको थियो। गिद्धको अध्ययन गरी टोली बिहीबार फर्किएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड सुमन चौधरीले बताए।

‘अनुसन्धानकर्ता विदेशी पाहुनको टोली खयरकन्द्रा सामुदायिक घरवास (होमस्टे) मा दुई दिन बसेर निकुञ्जको मध्यवर्ती क्षेत्रमा अनुसन्धान गरी फर्किएको छ’ उनले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको वरपरका सामुदायिक वनमा सानो खैरो गिद्धको बासस्थान रहेको छ।’