कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

0

कैलाली- कैलालीको गौरीगंगा नगरपालिका–२, आम बगियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–१ का २५ वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गए राति करिब सवा २ बजे से२प ६९ ५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आज बिहान साढे ७ बजे मृत्यु भएको हो।