धनगढी र अत्तरियाका चोक-चोकमा प्रहरी, ड्रोन क्यामरामार्फत चेकजाँच

0

कैलाली- कैलालीमा सुरक्षा व्यवस्था पारेको छ। नेपालीहरुको महान चार्ड दशैं तथा तिहार लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले सुरक्षा व्यवस्था कडा बनाएको हो। बुधबार धनगढीस्थित बसपार्क, ट्राफिक चौराह र गोदावरी नगरपालिकाको अत्तरिया बजार सहित बसपार्क क्षेत्रमा तालिम प्राप्त कुकुर सहित ड्रोन क्यामराबाट चेकजाँच सुरु गरेको हो।

जिल्लाबासीहरुलाई ढुक्कका साथ चार्डपर्व मनाउन भन्दै अबैध क्रियकलापहरु रोक्नका लागि प्रदेशको राजधानी रहेको बजार क्षेत्र र बसपार्क क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।बाहिरबाट आएको बिस्पोटक पदार्थ सम्बन्धि अनुसन्धान गर्ने रानी नामक कुकुर सहित ड्रोन क्यामराको टोलीले बुधबार दिउँसो धनगढीस्थित बसपार्क, ट्राफिक चौराह र गोदावरी नगरपालिकाको अत्तरिया बजार सहित बसपार्क क्षेत्रमा चेकजाँच गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीले तयार पारेको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार बसपार्क र बजारको बढी भिडभाड हुने क्षेत्रहरूमा तालिम प्राप्त कुकुर र ड्रोन क्यामराको प्रयोग गरेर चेकजाँचमा तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए।

जिल्लाभरिको सुरक्षा व्यवस्थालाई त्रुटि रहित, भरपर्दो, विश्वसनीय र मजबुद बनाई जनजीवनलाई सुखमय बनाउनुका साथै जनताहरुलाई पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिलाउन तालिम प्राप्त कुकुरहरू सहित चेकजाँच गरिरहेको उनले बताए।