कञ्चनपुरमा नहरमा डुबेर एक बालकको मृत्यु

0

कञ्चनपुर –कञ्चनपुरमा एक बालकको नहरमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका-१ हात्तीथलाका १२ वर्षीय शितल बोहरा रहेका छन्।

महाकाली सिँचाइ तेस्रो परियोजनाको निर्माणाधिन नहरमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।