साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने

0

काठमाडौं-साफ फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्।बुधबार भएका खेलमा भारत र नेपाल शीर्ष दुईमा रहँदै उपाधि नजिक पुगेका हुन्।

बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोलले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो ।बुधबार नै भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो।

फाइनलमा नेपाललाई भारतसँग बदला लिने अवसरसमेत हुनेछ। राउण्ड रोबिङ लिग अन्तरगत पहिलो खेलमा नेपाल भारसँग १-० ले पराजित भएको थियो। अहिलेसम्म साफ फुटबलमा सात पटक च्याम्पियन बनेर सर्वाधिक सफल टिम रहेको भारतलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन। फाइनल खेल आइतबार अपराह्न ४स्४५ बजे हुनेछ।