कञ्चनपुरको सुशनदीप कोल्ड स्टोरमा कार्यरत मजदुर मृत फेला

0

कञ्चनपुर-कञ्चनपुरको एक कोल्ड स्टोरमा कार्यरत मजदुर मृत फेला परेका छन। मंगलबार बिहान बेदकोट नगरपालिका ६ सिसैयाको सुशनदिप आईस एण्ड कोल्ड स्टोर प्रालिमा मजदुर मृत फेला परेका हुन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले कोल्ड स्टोरमै कार्यरत बेदकोट नगरपालिका ९ सुन्दरपुरका ६० बर्षिया बृद्ध हिरानन्द भट्ट मृत फेला परेको बताए । ‘मजदुर भट्ट उद्योगको वाथरुमा मृत फेला परेका छन, ‘उनले भने, ‘मृत्युको कारण केही पत्ता लागेको छैन, पत्ता लगाईरहेका छौँ।’

दशैँकै मुखमा उद्योगमै कार्यरत मजदुर भट्ट मृत फेला परेपछि आफन्तले शंस्कास्पद भएको भन्दै शव बुझ्न मानेका छैनन। मृतकका ज्वाई नन्दलाल जोशीले घटना बारे सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग राखेका छन।