बझाङमा अनुगमनमा कडाइ

0

बझाङ- दशै नजिकिएसँगै बझाङमा अनुगमनमा कडाई गरिएको छ ।

चाडपर्वको अवसरमा हुने कालोबजारी तथा म्याद नाघेका बस्तुहरुको बिक्रिवितरण न्युन गर्न घरेलु कार्यालय बझाङ र जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनमा कडाई गरेको हो।

मंगलबार बजार अनुगमनका क्रममा म्याद नाघेको १ सय १ पेटी पेयपदार्थ फेला परेको घरेलु कार्यालय बझाङका बरिष्ट उद्दम बिकास अधिकृत दशरथ जप्रेलले जानकारी दिए।