जोलजिविमा जिपिएल खुल्ला क्रिकेट प्रतियोगिताको शुरु

0

दार्चुला-दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिविमा जिपिएल क्रिकेट प्रतियोगिता उद्घाटन भएको छ। त्रिवेणी धाम पर्यटन युवा क्लवले आयोजना गरेको जिपिएल खुल्ला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिह बोहराले उद्घाटन गरेका हुन्।

जोलजिविको घोडेवगड खेल मैदानमा सञ्चालन गरिएको क्रकेट प्रतियोगिताको सोमबार उद्धघाटन गरिएको हो।

जिपिएलको विजेता हुने टिमले नगद १ लाख ११ हजार १११ रुपैया सहित जिपिएल ट्रफि उचाल्ने छ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैया ट्रफी, मेडेल र प्रमाणपत्र प्राप्त गर्नेछ।

सास्कृतिक कार्यक्रममा मोडेल तथा नृत्यकारहरुको समेत प्रस्तुती रहने त्रिवेणी धाम पर्यटन युवा क्लवका अध्यक्ष बहादुरसिंह खत्रीले बताए।