मौसमी रुघा खोकीले बिरामी र आफन्तलाई कोरोना संक्रमणको डर

0

काठमाडौं- पछिल्लो समय ओखलढुंगामा मौसमी रुघा खोकीका बिरामी बढ्न थालेका छन् । 

मौसममा आएको परिवर्तनसँगै ज्वरो तथा रुघाखोकीका बिरामी बढ्न थालेको ओखलढुंगा सामुदायिक अस्पतालका विजनेस म्यानेजर बुद्ध श्रेष्ठले जानकारी दिनुभयो । बिरामीको समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने भन्दै अस्पतालले अनिवार्य एन्टिजेन परीक्षण गर्ने गरेको छ । तर परीक्षण गरिएका मध्ये न्यून संख्यामा मात्रै कोरोना संक्रमण देखिने गरेको उहाँले बताए।

जिल्लामा अहिले धेरै संख्यामा यस्ता बिरामी भेटिने गरेको भएपनि कोरोनाको डरकै कारण थोरै संख्यामा मात्र अस्पताल पुग्ने गरेका छन । तर अस्पतालमा पुगेकामध्ये चेकजाँच गर्दा अधिकाशंमा मौषमी फ्लुको समस्या देखिने गरेको जिल्ला अस्पताल ओखलढुंगाका मेडिकल अधिकृत पंकज यादवले जानकारी दिए।

विषेश गरी बालबालिकामा देखा परेको मौसमी फ्लुलाई सामान्य रुपमा लिन नहुने स्वास्थ्यकर्मीहरुको भनाई छ। 

अस्पतालहरुमा अहिले दैनिक १० देखि १२ जना सम्म मौसमी ज्वरो तथा रुघा खोकीका बिरामीहरु आउने गरेका छन्। मौसम परिवर्तन सँगै देखा पर्ने यस्ता स्वास्थ्य समस्याबाट सचेत रहन स्वास्थ्यकर्मीहरुको सुझाव छ।