साफ च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग पराजित

0

काठमाडौं-माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल भारतसँग पराजित भएको छ। मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतसँग नेपाल १-० गोल अन्तरले पराजित भएको हो। भारतको जितका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औँ मिनेटमा गोल गरेका हुन्।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा केही सुनौला अवसर बनाए पनि गोल गर्न सकेन।पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो। दोस्रो खेल नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो।