१४ सय केजी पटाकासहित जैशवाल पक्राउ

0

ललितपुर– नेपाल प्रहरीले चाडपर्वको सम्मुख पारेर भित्राइएका अवैध पटाका  बरामद गरेको छ। ठूलो परिमाणमा बिक्री वितरणका लागि भण्डारण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अवैध आतिसबाजी एवं पटकासहित त्यसमा संलग्न मानिसलाई प्रहरीले प्रकाउ गरेको हो।

ललितपुर महानगर पालिका वडा नं १ कुपण्डोल गुसिंगलमा टहरा भाडामा लिई उक्त सामाग्रीहरु भण्डारण गरिएको अवस्थामा बारा वडा नं ३ स्थायी बसोबास भएका उमेश कुमार जैसवाललाई प्रहरीले प्रकाउ गरेको ह ।

आतिसबाजीजन्य विष्फोटक पदार्थहरु १ हजार ४९४ केजीकाे अन्दाजी मूल्य २० लाखको भएको प्रहरीले जानकारी दिएको छ।