तेक्वान्दोमा दुईजना बेस्ट खेलाडी अवार्ड सहित सम्मानित

0

कैलाली– धनगढी नेपाल आईटीएफ तेक्वान्दो महासंघ अन्तरगत को स्टार तेक्वान्दो एकेडेमीमा टीकापुर नगरपालिका १ मा दुईजना बेस्ट खेलाडी अवार्ड सहित सम्मानित भएका छन्।

सुदुर पश्चिमकै नमूना एकेडेमी आईटीएफको अन्तरास्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकबाट प्रशिक्षण गराउदै आइरहेको उक्त एकेडेमीबाट छात्रतर्फ मिलन विक र छात्रातर्फ मनिषा साउँद बेस्ट अवार्डसहित सम्मानित भएका हुन। तेक्वान्दोको अल ईन्डिया हेड कोचको काम गरिसकेका प्रकाश जैगडिले प्रशिक्षण गराउँदै आएको उक्त एकेडेमीमा अहिले थुप्रैले प्रशिक्षण लिइरहेका छन्। करिब २ दर्जन देशबाट मेडल प्राप्त जैगडीले करिब १ वर्ष भन्दा अगाडिदेखि नेपालमा पनि आफ्नो शाखालाई बिस्तार गरि प्रशिक्षण गराउदै आइरहेको उनले बताएका छन्।

दुई दर्जन देश ईन्डिया को नाम ले मेडल जिताउन सफल जैगडीले आफनो देशलाई पनि अन्तरास्ट्रिय स्तरमा चिनाउन, र नयाँ पुस्तालाई मोबाइल लागुऔषध, बलात्कार चोरी लगायत सामाजिक विकृतिहरुबाट युवा तथा बालबालीकालाई यस्ता बिकृतीमा नलागुन र स्वस्थ भै देश लाई अन्तरास्ट्रिय स्तर मा तेक्वान्दो मार्फत चिनाउने उद्देश्यले नेपाल फर्किएको जैगडीले बताएका छन् ।