चौरपाटी पालिकाका विद्यालय कार्तिक १ गते सम्म मात्र बन्द हुने

0

अछाम– जिल्लाको चौरपाटी गाउँपालिका अन्तगतका सबै सामुदायिक विद्यालय कातिक १ गते सम्म मात्र वन्द हुने गाउँपालकिाले जनाएको छ।

गाउपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले घटस्थपना देखि कातिक १ गतेसम्म मात्र विद्यालय वन्द गर्न विद्यालयलाई निर्देशन गरेको छ।

यस अघिका बर्षमा घटस्थपना देखि दिपावलीको पछिल्लो दिन सम्म विदा हुने गरिए पनि कोरोना भाइरस कोभिड १९ का कारण लामो समयसम्म विद्यालय वन्द भएकोले दशै दिपावलीको विच समयमा पनि विद्यालय सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।