बझाङ कांग्रेसमा देउवा पक्षका अधिकांश उम्मेदवार विजयी

0

बझाङ-बझाङ कांग्रेसको पालिका स्तरीय अधिवेशनमा देउवा पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन्। जिल्लाका १२ वटा पालिका मध्ये ६ वटामा निर्विरोध नेतृत्व चयन भएको थियो भने ६ वटा पालिकामा निर्वाचन भएको थियो।

अधिवेशनबाट सुर्मा गाउँपालिकामा अतित बोहरा, वित्थडचिरमा चक्रबहादुर अधिकारी, बुङगल नगरपालिकामा शिवराज भण्डारी, खप्तड छान्ना गाउँपालिकामा विष्णुभक्त जोशी, तल्कोट गाउँपालिकामा लोकेन्द्रबहादुर सिंह र मष्टा गाउँपालिकामा उत्तम जोशी विजयी भए। यी सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ।

यस्तै पालिका स्तरको नेतृत्वको लागि मतदान भएका दुर्गाथली गाउँपालिकामा युवराज भण्डारी, केदारस्युँ गाउँपालिकामा शिवराज भण्डारी, थलारा गाउँपालिकामा दिलबहादुर सिंह, छविस पाथीभेरा गाउँपालिकामा पाण्डव थापा, जयपृथ्वी नगरपालिकामा हिरेन्द्र छत्याल, र साइपाल गाउँपालिकामा रामबहादुर बोहराको नेतृत्वको टिम विजयी भएको निर्वाचन अधिकृत चेतराज भट्टले जानकारी दिए।

निर्वाचित पालिका सभापती मध्ये आठ जना देउवा पक्ष र चार जना पौडेल पक्षका रहेका छन्।