सशस्त्र प्रहरीद्वारा कञ्चनपुरका विभीन्न स्थानबाट बेवारिसे सामान बरामद

0

कञ्चनपुर-सोमबार कञ्चनपुरमा सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको अबैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर तथा मातहत बोडर आउट पोष्ट गड्डाचौकी, आपताल, पशुपतिटोल, सुन्दरनगर, डोकेबजार र सुरक्षा बेश मझगाउँबाट खटीएको टोलीले अबैध सामान बरामद गरेको हो।

सीमा गस्ती टोलीले अनुगमन तथा गस्ती गर्ने क्रममा निषेधाज्ञा उल्लघंन गरी सीमा ईलाकाबाट अबैध रुपमा चोरी निकासी गरी ल्याउदै गरेको बेवारिसे अवस्थामा रहेको अन्दाजी ५ लाख ४६ हजार बराबरको कपडा, प्लाष्टिक समान, किराना समान, श्रृङ्गार समान, खाद्य पदार्थ, हार्डबेयर समान, प्रतिबन्धित अण्डा, प्रतिबन्धित पेय पदार्थ, मोटरसाइकल लगायतका समानहरु बरामद गरेको हो।

बरामद गरिएको समानलाई आवश्यक कानूनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ भने पेय पदार्थ र अण्डा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।