बाजुरामा बजार अनुगमनका क्रममा बरामद गरिएका अखाद्य बस्तु नष्ट

0

बाजुरा-बाजुराका बिभिन्न बजारमा म्याद गुज्रेका खाद्य सामाग्री बरामद गरी नष्ट गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुरा, घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सोमबार डाब बजार, मालिका रिठा बेतालमाण्डौ र बाम्का लगायतका बजार क्षेत्रमा अनुगमन गरेको हो।

लगातार बर्षाका कारण साफे मार्तडी र मार्तडी कोल्टी सडक अवरोध भएदेखि व्यापरीहरुले कालोबजारी गरेको जनगुनासो पछि जिल्ला प्रशासन कार्यालयको टोलीसहित बजार अनुगमन गरीएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

म्याद गुज्ररेका सामाग्री बिक्रि बितरण गरेका ३ वटा पसललाई ५ सयका दरले र २ वटा मदिरा पसललाई १ हजारका दरले गरि जम्मा ३ हजार ५ सय जरिवाना समेत गराएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन।

स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका, उद्योग वाणिज्य संघ, स्थानीय प्रहरी र स्थानीय पत्रकारहरुको सयुक्त टोलिद्वारा जगनाथ गाउँपालिकाको पिलुचौर बजारमा बिभिन्न २० वटा पसलहरु अनुगमन गरी म्याद गुज्रेको औषधि २ बोरा र पेय पदार्थ तथा मिठाई लगायतका सामाग्रीहरु १ बोरा खुद्रा तथा अन्य पिय पदार्थहरु बरामद गरी नष्ट गरिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन।