सुदूरपश्चिममा सोमबार ४० जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

0

कैलाली– सुदूरपश्चिम प्रदेशमा सोमबार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५० नमूनाको कोरोना परिक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो।

एन्टिजेन बिधिबाट मात्रै १ हजार १ सय ५६ नमूनाको कोरोना परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा कञ्चनपुरका १० जना, बाजुराका २ जना, बैतडी, डडेल्धुरा, दार्चुला र कैलालीका १/१ जना रहेको छन।

त्यस्तै १ सय ९४ जनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। संक्रमित हुनेमा कैलालीका १० जना, कञ्चनपुरका ७ जना, बैतडी, डडेल्धुराका ३/३ जना र दार्चुलाका १ जना रहेका छन। यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार १ सय ३८ पुगेको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाले कोरोना जितेका छन। यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार १ सय ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सेती प्रादेशिक अस्पतालमा उपचाररत भिमदत्त नगरपालिका-४ की ५७ बर्षिय महिला रहेकी छिन। यो संगै प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय ९३ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।