आइतबार मात्रै धनगढीमा ९ हजार बढीले कोरोनाविरुद्धको खोप लगाए

0

कैलाली धनगढी उपमहानगरपालिकाका १९ ओटै वडामा आइतबार ९ हजार ३८२ जनाले कोभिड-१९ विरुद्धको पहिलो मात्राको भेरोसिल खोप लगाएका छन ।उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट ५ हजार ६८७ महिला र ३ हजार ६९५ पुरुष गरि ९ हजार ३८२ जनाले कोभिड-१९ विरुद्धको भेरोसिल खोप लगाएको बताए । 

यस अघि उपमहानगरपालिकाका १९ वडाको २२ स्थानमा आज पनि खोप लाउने भनिएको भएतापनी सोमबार (आज) उपमहानगरपालिकाको ८ ओटा वडामा मात्रै खोप लाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख बोहराले बताए । 

खोपको लागि ४५ बर्ष भन्दा माथिका नागरिक र १८ बर्ष माथिका खोप लाउन छुटेका विद्यार्थीहरू मुख्य प्राथमिकतामा रहेको बताउदै बोहराले उपमहानगरपालिकाका २, ४, ७, १२, १३, १४, १८ र १९ नम्बर वडामा आज खोप लगाइने बताए। 

उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सम्पुर्ण वडा बासीलाई अनुरोध गरेका छन।

No description available.