कोलकातालाई हराउँदै चेन्नइ आईपीएलको शीर्ष स्थानमा

0

काठमाडौं-आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नइ सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ। अबुधाबीमा आइतबार राति सम्पन्न खेलमा चेन्नइले कोलकातालाई २ विकेटले हराएको हो।

कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नइले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।जितसँगै शीर्ष स्थानमा उक्लिएको चेन्नइको १० खेलमा १६ अंक भएको छ। कोलकाता ८ अंक जोडेर चौथो स्थानमा छ।