प्रदेश २ र लुम्बिनीका प्रहरी कार्यालयमा हेडक्वार्टरको छड्के अनुगमन

0

काठमाडौं- लुम्बिनी प्रदेश र प्रदेश २ का प्रहरी कार्यालयहरुमा प्रहरी प्रधान कार्यालयले छड्के अनुगमन गरेको छ। लुम्बिनी र प्रदेश २ का जिल्ला प्रहरी कार्यालयका कर्मचारीविरुद्ध गुनासो तथा उजुरी आएपछि प्रहरी प्रधान कार्यालयले छड्के अनुगमन हो। प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राई र भीम ढकाललाई गोप्य रुपमा अनुगमनमा खटाएको थियो।

प्रहरी स्रोतअनुसार अनुगमन टोलीले गोप्य रुपमा एक हप्ता अनुगमन गरेको छ। अनुगमन टोलीले केही दिनमै प्रहरी प्रधान कार्यालयलाई प्रदिवेदन बुझाउने तयारी गरेको छ। प्रतिवेदन अध्ययन गरेर प्रधान कार्यालयले कारवाही अघि बढाउने बताइएको छ।रौतहटका एसपी सिद्धिबिक्रम शाह निर्दोष पत्रकारलाई लागूऔषध राखेर फसाएको घटनामा अनुसन्धानमा तानिएका छन्। निषेधाज्ञाको समयमा क्यासिनो सञ्चालन गर्न दिएको भन्दै बाँकेका एसपी श्यामकृष्ण अधिकारी विवादमा परेका थिए। त्यस्तै बाँकेमै प्रहरी प्रमुख हुँदा एसपी ओम राना पनि विभिन्न प्रकरणमा मुछिएका थिए।