सुदूरपश्चिममा कोरोनाको संक्रमण दर घट्यो,आइतबार दश जनामा कोरोना संक्रमण पुष्टि

0

कैलाली-सुदूरपश्चिम प्रदेशमा आज (आइतबार)गएको एकहप्ता यताकै सबैभन्दा कममा कोरोना भाइरस सङ्क्रमणको  पुष्टि भएको छ। यहाँ प्रदेशमा दश जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यसअघि असोज ३ गते यस प्रदेशमा चार जनामा मात्रै सङ्क्रमण देखिएको थियो । त्यस यता संक्रमणदर बढ्दै गएकोमा आज घटेको हो। असोज ४ गते ५३,असोज ५ गते ३९, असोज ६ गते ३८, असोज ७ गते ४६, असोज ८ गते ३४ र असोज ९ गते २१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट आठ सय ७२ जनाको नमूना परीक्षण गर्दा दश जनामा  सङ्क्रमण पुष्टि भएको छ।  सात जनामा एन्टिजेन र तीन जनामा पीसीआर बिधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो।

No photo description available.