एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी हुने

0

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आगामी असोज १५/१७ सम्म ललितपुको गोदावरीमा हुने विधान महाधिवेशनमा ५ हजार जना प्रतिनिधि सहभागी हुने भएका छन्।

तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठकले तीनवटै प्रतिवेदन परिमार्जनसहित पास गर्दै सहभागी हुने प्रतिनिधिको संख्या पनि टुंगो गरेको हो।

बैठकले तीनवटै प्रस्ताव आवश्यक परिमार्जन र सुझावसहित पास गरेको छ। विधान महाधिवेशनमा देशभरबाट आएका ५ हजार प्रतिनिधिले भाग लिनेछन्। प्रवास कमिटीबाट पनि सहभागी हुनेछन्

भट्टराईका अनुसार प्रदेश कमिटी, जनसंगठन र जिल्ला कमिटीका पदाधिकारीले विधान महाधिवेशनमा भाग लिनेछन्। त्यस्तै हरेक निर्वाचन क्षेत्रबाट महिला अनिवार्य गरेर प्रतिनिधि सहभागी गराइँदैछ।