कैलालीमा ६ लाख मूल्य बराबरको अवैध सामान बरामद

0

कैलाली- कैलालीमा सशस्त्र प्रहरीले ६ लाख बराबरको अवैध भन्सार छलीका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर अन्तरगतका खक्रौला र सत्ति भन्सार कार्यालय खक्रौलाबाट खटिएको संयुक्त टोलीले टिकापुर नगरपालिका–८ चौगुर्दी ईलाकाबाट ती सामान बरामद गरेको हो।

अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अन्दाजी ६ लाख १० हजार २ सय ८० मूल्य बराबरको लेडिज र जेन्स कपडा बरामद गरेको हेडक्वाटरले जनाएको छ। बराबद सामान आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको छ।