चेल्सीसँग म्यानचेस्टर सिटीको बदला

0

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ। गएराति भएको खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो।

यो जितसँगै सिटीले च्याम्पियन्स लिग फाइनलमा बेहोरेको हारको बदला लिएको छ। सिटीलाई जित दिलाउनको लागि ग्याब्रियल जेसस गोल गरेका थिए।

खेलको ५३औं मिनेटमा जेससले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए। उनले जोओ क्यान्सिलोको पासमा गोल गर्न सफल भएका थिए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल सिटीले जित्यो।

यो जितसँगै सिटीले पछिल्लो तीन खेलको हारको श्रृंखलालाई तोडेको छ। सिटीको ६ खेलबाट १३ अंक जोडेको छ। समान १३ अंक नै रहेपनि पराजित चेल्सी सिटी र लिभरपुलभन्दा पछि छ।एजेन्सी