इपीएल क्रिकेटः उद्घाटन खेलमा काठमाडौंको शानदार जीत

0

काठमाडौं– एभरेष्ट प्रिमियर लिगको उद्घाटन खेलमा काठमाडौं किङ्ग्स११ ले ७ विकेटको शानदार जित हात पारेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको पहिलो खेलमा ललितपुरले प्याट्रिओट्सले दिएको १५८ रन पछ्याउने क्रममा काठमाडौंले उक्त लक्ष्य १४.२ ओभरमा ३ विकेटको क्षतिमा १६० रन बनाउँदै पूरा गरेको हो ।

काठमाडौंलाई जित दिलाउने क्रममा रायन ब्रुलले ३४ बलमा ७३ रन बनाएर नटआउट रहे भने रहमतुल्ला गुरबाजले ५९ रन बनाएर आउट भए । त्यस्तै काठमाडौंका लागि सुवास खकुरेल शुन्यरनमा आउट भए भने अमित श्रेष्ठले ४ रन बनाउँदै आउट भए । त्यस्तै काठमाडौंका राजु रिजाल  १९ रन बनाउँदै नटआउट रहे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साविक विजेता ललितपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार गरेको थियो ।

खराब सुरुआत गरेको ललितपुरका लागि पाँचौं नम्बरमा ब्याटिङमा आएका पवनले योगेन्द्रसिंह कार्कीसँग ६२ रनको साझेदारी गर्दै ४४ बलमा ५ चौका र ४ छक्कासहित ६१ रनको महत्त्वपूर्ण इनिङ खेले । ललितपुरका लागि योगेन्द्र कार्कीले २० बलमा ३ छक्कासहित ३३ रन जोडे ।

ललितपुरका ओपनर कुशल भुर्तेल गोल्डेन डक हुँदा सान्डुन भिराक्कोडी २ रनमा पेभेलियन फर्केका थिए । यस्तै शंकर राना १४मिक्यो दोर्जी १७ र ललित राजवंशी शून्यमा अविजित रहँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

काठमाडौंका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए । आफ्नो कोटाको पूरा चार ओभरमा १८ रन मात्रै खर्चेका जितेन्द्रले काठमाडौंका लागि किफायती बलिङ गरे । त्यस्तैरायन बुर्लले २ तथा गुल्शन झाले २ विकेट लिए ।

काठमाडौंका कप्तान सन्दीप ४ ओभरमा ४४ रन खर्चेर विकेटविहीन रहे । पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीले ४ ओभर बलिङ गरेर ३२ रन खर्चिँदा विकेट लिन सकेनन् ।