नेपालमा १ सय १८ देशबाट आयात

0

काठमाडौँ- दुई महिनाको अवधिमा ११८ देशबाट तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ। तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ।

भारतबाट एक खर्ब ८७ अर्ब ७१ करोड ८० लाख ४५ हजार बराबरको आयात भएको छ। भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। चीनबाट ४२ अर्ब ८४ करोड ७५ लाख बराबरको आयात भएको छ। समीक्षा अवधिमा भारतमा रु ३६ अर्ब १७ करोड ४३ लाख र चीनमा रु १५ करोड ८० लाख बराबरको निर्यात भएको छ। रासस