आज सुनको मूल्य ६०० रुपैयाँले घट्यो

0

काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले घटेकोे छ। छापावाल सुन बिहीबार ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ।

तेजाबी सुन बिहीबार प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी बिहीबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएकामा आज एक हजार १६० रुपैयाँ तोकिएको हो।