यसकारण स्थगित हुनुपर्छ डडेल्धुराको वडा अधिवेशन

0

हरि भट्ट

आदरणीय नेपाली कांग्रेसमा आवद्ध तथा मेरा शुभचिन्तक सम्पुर्ण साथीहरु म २०४५ साल माघ १६ गते नेविसंघको सदस्यता र २०४६ फाल्गुण ९ गते कांग्रेस पार्टी को सदस्यता प्राप्त गरे देखि निरन्तर रूपमा मा नेपाली कांग्रेसको राजनीतिमा आबद्ध छु।

मैले ३२/३३ बर्ष विवेक र क्षमता ले भ्याए सम्म पार्टी र साथीहरूका माझ काम गरेको कुरा सबैलाई थाहा नै छ। मलाई साथी हरू ले २०५३ सालमा क्षत्रिय प्रतिनिधि र २०५७ मा अमरगढी कांग्रेसको सभापति,२०६२मा महाधिवेशन प्रतिनिधि,२०६७ मा महासमिति सदस्य ,२०७२मा महाधिवेशन प्रतिनिधि बनाई ठूलो गुण लगाउनु भएको छ। त्यस गुण लाई मैले कहिले पनि तिर्न सक्दैन।

यसै सन्दर्भमा नेड्डका को १४ औं महाधिवेशनका लागि डडेल्धुरा जिल्लामा हुन गइरहेको ७ औं जिल्ला अधिवेशनमा मैले मिति २०७८ श्रावण ६ गते विड्डपी स्मृति दिवसको दिन पारेर सभापति को घोषणा गरे पश्चात मलाई डडेल्धुरा भित्र र बाहिर रहेका साथी हरुको जुन अपार माया ,स्नेह र समर्थन पाए त्यसका लागि म आफूलाई गौरवान्वित महसुस गर्दै साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु।

नेपाली कांग्रेसले यस अघि अधिवेसन प्रायोजनका लागि विधान नियमावली र केन्द्रीय कार्यसमिति ले पटकपटक गरेको निर्देशन र परिपत्र लाई आधार मानी तह वडा , पालिका , प्रदेशर निर्वाचित क्षेत्र तह र जिल्ला तह बाट समिति को निर्णय सहित ति तत्तत निकायका प्रमुखहरूको दस्तखत गरी नविकरण तर्फ २५९८ नयाँ तर्फ ३१०६ र समायोजनतर्फ १०० गरी जम्मा संख्या ५,८०४ जिल्ला कार्यसमिति को निर्णय सहित मिति २०७७ चैत्र २६ गते का दिन केन्द्रीय कार्यालयमा पठाएको थियो र हामीहरू व्यापक उत्साहका साथ अधिवेशनमा होमिएका थियौं।तर निर्वाचन समितिले २०७८ भाद्र २० गते वेब साइटमा राखेको क्रियाशील सदस्यको मतदाता नामावलीमा ५२ मध्ये ४३ वडाहरूमा निर्वाचन को परिणाम लाई नै व्यापक हेरफेर गर्ने उद्देश्यका साथ पठाइएको नामावलीमा ४६० साथीहरुको नाम काटिएको छ भने ३१२ जना को नाम थपिएको छ।

यस सन्दर्भ मा छलफल गर्न मिति २०७८/५/२२ गते दिउँसो १ बजे नेपाली कांग्रेस डडेल्धुराको निर्वाचन अधिकृत समेतको उपस्थितिमा बसेको बैठकमा छलफल प्रारम्भ हुँदा निर्वाचन अधिकृत र केही साथीहरुले उपस्थित पुस्तिकामा कार्यसमिति ले मतदाता नामावली बारे छलफल गर्न केही समयका लागि वार्ड अधिवेसन स्थगित गर्न निर्णय गर्दा , उल्टै सोही दिन २ बजे निर्वाचन अधिकृतले सामाजिक सञ्जालको माध्यम बाट अधिवेसन गर्ने जानकारी पाउँदा आश्चर्य चकित भयौँ।

त्यस पछि पनि साथी हरूसँग पटक पटक बार्ता गर्दा हाम्रो प्रस्तावलाई वेवास्था गरी २०७८र५र२५ गते वडा अधिवेसन गर्ने वक्तव्य आइरहेका छन। तर हामीले जिल्ला कार्यसमितिको बैठकले हाललाई वार्ड अधिवेसन स्थगित गर्ने निर्णय कायम छ। यस कारण हामी उक्त अधिवेसनमा सामेल नहुने व्यहोरा जानकारी गराउन चाहन्छु।आदरणीय साथीहरु ईतिहास मा यस्ता थुप्रै घटनाहरू भएका छन्। सुक्राटले सत्यको लागि बोल्दा विस पिउनु परेको थियो।

भीमसेन थापा र भीम मल्लले सत्य को लागि लडाइँ गर्दा मारिएका थिए। मलाई गौरव छ, यो अवधिमा मलाई साथीहरुले जुन माया , सल्लाह र समर्थन गर्नु भयो यसका लागि जीवन भर आभारी छु। र मेरो भविष्यका पाइला हरू पनि सदैव सत्य को मार्ग तर्फ लम्कने छन् र छल कपट को मार्गमा नलाग्ने प्रतिबद्धताका साथ आफ्नो सामर्थ्य ले भ्याए सम्म साथीहरुको साथ सहयोगको लागि वचनबद्ध छु।

लेखक डडेल्धुरा सभापतिका उम्मेदवार हुन्।