सन्दर्भ बिपी जयन्तीः बिपी ज्यूले राजालाई उत्तर दिनुभयो–‘‘सरकार मैले कुनै गल्ती गरेको छैन, के को माफी माग्ने ?

0

वि.पी. कोइराला ज्यूको सपना सकार हुन्छ।
धानको बाला लरीभरी, जलमल गरी गरी।।
वि.पि. को जीवन गयो, संघर्षमा सरी ।
लंगोटी धर्सो टोपीको धेरो, हल गोरु जोतेको।।
नेपालमा आएन त्यो प्रजातन्त्र वि.पी.ले सोचेको।

आदरणीय प्रजातन्त्र प्रेमी पाठक वृन्द ! हामीहरुले सदैव महामानव वि.पी. कोइराला ज्यूको जन्म दिन र पुण्य भनेर मात्र मनाउँदै आईरहेका छौं। उहाँले देखाएको मेलमिलापको नीतिलाई हामीहरुले आफ्नो जीवनमा अपनाउन सकेका छैनौ।

तसर्थ आज प्रजातन्त्र दुर्घटनामा परेको छ। नेताहरु कायदासँग मञ्चमा राष्ट्र–हित, जनकल्याणका भाषण गर्नुहुन्छ र व्यवहारा परिवार कल्याणका काम गर्नुहुन्छ। लोभले मन्त्रि, प्रधानमन्त्री बनाउँछ भने त्यागले महामानव बनाउँछ। सत्ताकाले शक्ति दिन्छ भने सत्यले–त्यागले सम्मान, स्वाभिमान र अमरता प्रदान गर्दछ।

२०१७ सालमा राजा महेन्द्रले महामानव वि.पी. कोइराला ज्यूलाई भन्नु भयो–‘‘बामन तिमी माफी माग।यो पञ्चायती व्यवस्थालाई मान्ने गरेर आजीवन देशको प्रधानमन्त्रि बनेर परिवारको लागि सम्पति कमाएर राख।’’ वि.पी. ज्यूले राजालाई उत्तर दिनुभयो–‘‘सरकार मैले कुनै गल्ती गरेको छैन, के को माफी माग्ने ? एक जनाले बनाएको प्रधानमन्त्रि बनेर परिवारको लागि मिथ्या–नाशवान सम्पति कमाएर राख्न चाहदैन म।’’

राष्ट्रको लागि अविनाशी सम्पति कमाउन्न बरु जेलमा जान्छु भनेर जेलमा जानु भयो र तीस बर्ष पञ्चायती व्यवस्थासँग संघर्ष गरेर राष्ट्रिय मेल–मिलापको नीति लिएर स्वदेश फर्किनु भयो र राजा विरेन्द्रले जनमत संग्रहको घोषणा गर्नुभयो।

जनतालाई बहुदल चाहियो कि निर्दल चाहियो ? जतमत संग्रहले प्रजातन्त्रको विगुल बजायो, पार्टी प्रति लागेको, प्रतिवन्ध हट्यो। वि.पी.ले आजीवन देशको प्रधानमन्त्रि बनेको भए देशमा जनमत संग्रह आउने थिएन र वि.पी. कोइराला ज्यू महामानव हुन्थेन्।

त्यागले महामानव बनाउँछ। त्यागी,तपस्वी। अनुभवी नेता–कार्यकर्ताहरु छुद्र स्वार्थ, पद लोलुपत्ताको त्याग गर्नुपर्यो, मेलमिलापको नीतिमा जानु पर्यो, पार्टी एक ढिक्का हुन्छ र महामानव वि.पी. कोइराला ज्यूको सपना साकार हुन्छ।

लेखकः पदम भट्ट ‘‘काजी’’ ( ने.ज.स. मुम्बई)

धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड को सहयोगबाट।