लटरम्म फलेको नास्पाति कुहिन थाल्यो बारीमा

0

बाजुरा-बाजुराको जगन्नाथ गाउँपालिकामा फलेको नास्पाती बारीमै कुहिन थालेका छन्। बाटो र बजार समस्याका कारण नास्पाती बारीमै कुहिन थालेका हुन्। करिब १ सय क्वीन्टल बढी नास्पाती बारीमै कुहीएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशी बताउँदछन।

कृषि ज्ञान केन्द्रले विगत केही वर्ष देखि जंगली मेललाई नास्पातीको रुपमा कल्र्मी गरेर विकास गर्ने अभियान नै चलाएको छ। हजारौ बोट मेललाई नास्पाती बनाउने कार्य सफल भएपनि फलेको र उत्पादन गरिएको नास्पाती बजार नपुग्दै बारीमै कुहिएपछि किसानहरु चिन्तीत बनेका छन्।

किसानलाई स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउने अभियान सफलता तर्फ गइरहँदा बाटो र बजारकै कारण समस्या हुने गरेको ज्ञान केन्द्रले जनाएको छ। बाटो अभावकै कारण स्वामीकात्र्तिक खापर गाउँपालिकाको प्याज बारीमै थन्कीएपछि अनुदानमा मार्तडीसम्म ढुवानी गरिएको छ ।

कोर्धको आलु र अन्य स्थानीय उत्पादन बाटो समस्या र बजारकै अभावमा बारीमै कुहिने र किसानलाई मर्का पर्ने काम भइरहेको छ।

बजार खोजीका लागि किसानले आग्रह गरेपनि अझै भेटिएको छैन्।ठूलो मात्रा रहेका नास्पाती कुनै जुस उत्पादन कम्पनी ठूलो व्यापार गर्ने व्यापारी र फर्मले किनिदिन ज्ञान केन्द्रकै तर्फबाट अपिल गरिएको छ।रसिलो र खानमा निकै मिठो, पुर्णतया अर्गानिक, किलोमा ४–६ दाना जाने, जुस र वाईनका लागि उपयोगी हुने नास्पातीको बिशेषता रहेको छ भने फार्मगेट मूल्य प्रति के जि १५ हुने बताईएको छ।