स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

0

काठमाडौं-स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी विच्छा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्रोतका अनुसार उनलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

यसअघि उनी कान्ति बाल अस्पतालको निर्देशकको रुपमा काम गरिरहेका थिए। उनको पदावदी सकिन केही महिना मात्रै बाँकी छ ।

डा.दीपेन्द्ररमण सिंहलाई भने मन्त्रालयमा सरुवा गरिएको छ। यसअघि सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा.जोगेश्वर गौतमको सरुवा गरेको थियो। डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको छ।