किमको टाउकामा देखियो ब्यान्डेज, स्वास्थ्यको विषयमा फेरि चर्चा सुरु

0

काठमाडौं-उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्यको विषयमा फेरि चर्चा हुन थालेको छ।

दुब्लाउँदै गएका उनको टाउकामा ब्यान्डेज लगाएको देखिएपछि किम बिरामी पो परेकी भन्ने चर्चा सुरु भएको हो।

गत जुलाई २४ देखि २७ तारिखसम्म आयोजना भएको उत्तर कोरियाली सेनाको कार्यक्रममा उपस्थित किमको फोटोहरु त्यहाँकै सरकारी संचारमाध्यमले प्रकाशन र प्रसारण गर्दा उनको शिरको पछाडीको भागमा ब्यान्डेज देखिएको थियो।

३७ वर्षका किम यतिबेला देशमा सिर्जित आर्थिक तथा सामाजिक समस्याका कारण दबाबमा छन्। कोरोनाबाट बच्न उत्तर कोरियाले गतवर्षदेखि लकडाउन गरेको छ। 

त्यहाँ खाद्य संकट र भोकरीको अवस्था सिर्जना हुनसक्ने चेतावनी दिइएको बेला किम बिरामी परेको हुनसक्ने हल्ला चलेको हो।ब्लुमबर्ग