उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्बियो, यस्तो छ आदेश

0

काठमाडाैं- कोरोना संक्रमणदर रोकथामका लागि काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला प्रशासनको बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

साथै निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय पनि गरिएको छ । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाण्डुका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

हालको जारी निषेधाज्ञा साउन २० गते रातिको १२ बजे सकिँदैछ।

No photo description available.
No photo description available.
No photo description available.