डा जागेश्वर गौतमको सरुवा सदर,युनिफाइड अस्पतालमा डा.बस्नेत नियुक्त

0

काठमाडौं-सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख कार्यकारी अधिकारीमा डा भुपेन्द्र बस्नेतलाई नियुक्त गरेको छ।

हालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गर्ने राज्यमन्त्री उमेश श्रेष्ठको निर्णयलाई सदर गरि डा बस्नेतलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा पठाइएको हो।

राज्यमन्त्री श्रेष्ठले डा गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेर युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा रुद्र मरासिनीलाई पठाएका थिए। तर अब डा भुपेन्द्रलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।